बहुमतको सरकार गठनका लागि प्रधानमन्त्रीमा कसैको दाबी पेस भएन– राष्ट्रपति कार्यालय

काठमाडौं– राष्ट्रपति कार्यालयले बहुमतको प्रधानमन्त्रीका लागि कसैको दाबी पेस हुन नआएको जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको सोमबार (वैशाख २७ गते)को बैठकबाट विश्वासको मत प्राप्त नगरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन बहुमतका आधारमा सरकार गठनका लागि दाबी पेस गर्न दलहरुलाई आह्वान गरेकी थिइन्।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभाका सदस्यलाई बिहीबार राति ९ बजेति प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेकी थिइन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button