काठमाडौंमा आज थप १ सय २७ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा विहीबार १ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।

उनका अनुसार काठमाडौंमा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा संक्रमण पुष्टि भएको छ ।

आज सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १५५९ पुगेको छ। संक्रमितको संख्या काठमाडौंमा १२७८, ललितपुरमा १९१ र भक्तपुरमा ११० पुगेको मन्त्रालयका प्रवक्ता गौतमले बताएका छन्।

आज नेपालमा थप ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button