केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त, शुक्रबार सपथ

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीलाई बिहीबार राति प्रधानमन्त्री नियुक्त गरेकी छन्।

ओली प्रतिनिधि सभाको सबभन्दा ठूलो दलको नेताको हैसियतमा संविधानको धारा ७६ को उपधारा ३ बमोजिम अल्पमतको प्रधानमन्त्री नियुक्त भएका हुन्।

ओली वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए।

राष्ट्रपति भण्डारीले वैशाख २७ गते राति नै संविधानको धारा ७६ को उपधारा २ बमोजिम तीन दिनको समय दिएर दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्रीका रुपमा दाबी पेस गर्न आह्वान गरेकी थिइन्। त्यो समयभित्र कसैको पनि दाबी पेश नभएको राष्ट्रपति कार्यालयले जनाएको छ।

बहुमतीय सरकारका लागि कसैको दाबी पेस नभएपछि संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबभन्दा ठूलो दलको नेताका रुपमा राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रधानमन्त्री नियुक्त भएका ओलीको सपथ भने शुक्रबार हुनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button