प्रधानमन्त्रीमा पुनः नियुक्त ओलीले आज शपथ लिंदै

काठमाडौं । पुनः प्रधानमन्त्रीमा नियुक्त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो साढे २ बजे पद तथा गोपनियताको शपथ लिँदै छन् ।

प्रतिनिधिसभामा विश्वासको मत गुमाएको तीन दिनमै ओली फेरि नेपालको प्रधानमन्त्री नियुक्त भएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार मध्यरात हुनै लाग्दा ओलीलाई संविधानको धारा ७२ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

राष्ट्रपति भण्डारीले धारा ७६ (२) अनुसारको सरकार गठनका लागि दलहरुसँग आह्वान गरे पनि बिहीबार ९ बजेको समयसीमाभित्र कुनै दलले पनि दाबी प्रस्तुत गर्न सकेनन् ।

बहुमतको दाबी कसैले नगरेपछि ओलीलाई सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्री बन्ने अवसर जुटेको हो। राष्ट्रपति कार्यालय स्रोतका अनुसार आज अपरान्ह ओलीले शपथ लिने छन्। उनले अब ३० दिनभित्र विश्वासको मत लिनु पर्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button