संघीय संसदमा आजदेखि कोरोनाविरुद्धको दोस्रो चरणको खोप

काठमाडौं । संघीय संसद्का सदस्य, पदाधिकारी र कर्मचारीहरुलाई आदेखि दोस्रो चरणको कोरोनाविरुद्धको खोप लगाइने भएको छ ।

संघीय संसद् सचिवालयले हिउँदे अधिवेशन प्रारम्भअघि कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई आज दोस्रो मात्रा खोप लगाउने तालिका बिहीबार सार्वजनिक गरेको हो ।

सदस्यहरू, पदाधिकारी, स्वकीय सचिवालयका कर्मचारी, सुरक्षाकर्मीलगायतलाई खोप लगाउन फरक फरक दिन छुट्याइउको छ ।

पहिलो चरणमा कोभिसिल्ड खोप लगाएको आठ हप्ताको अवधि पूरा गरेका, खोप लगाएपछिको अवधिमा कोरोना सङ्क्रमित भए पनि २८ दिनको समयावधि पूरा गरेका व्यक्तिले दोस्रो डोज खोप लगाउन पाउनेछ संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आज प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्ष र संघीय संसद्का दुवै सदनका सदस्यहरूको पालो तोकिएको छ ।

त्यस्तै आजै सभामुख, अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरूका स्वकीय सचिवालयका कर्मचारीको पनि खोप लगाउने पालो निर्धारण गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button