भारतमा एकै दिन ३ लाख ४३ हजार २८८ जना कोरोना संक्रमित, झण्डै ४ हजारको मृत्यु

एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण र मृत्यु दर अघिल्ला दिनहरुको तुलनामा कम हुँदै गए पनि प्रकोप भने टरिसकेको छैन ।
पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ९९९ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या २ लाख ६२ हजार ३५० पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ३ लाख ४३ हजार २८८ नयाँ संक्रमित थपिएका छन । जसअनुसार भारतमा कुल संक्रमितको संख्या २ करोड ४० लाख ४६ हजार १२० पुगेको छ ।
त्यहाँ अहिले पनि ३७ लाख १० हजार बढी सक्रिय संक्रमित रहेका छन । जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण र मृत्यु दरको तथ्यांक अनुसार दोस्रो स्थाानमा रहेको ब्राजिलमा एकै दिन २ हजार ३४० जनाले ज्यान गुमाएका छन ।
त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या ४ लाख ३० हजार ५९६ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ७५ हजार १४१ जना नयाँ कोरोना संक्रमित थपिएका छन । ब्राजिलमा हालसम्म कोरोना संक्रमितको संख्या १ करोड ५४ लाख ३६ हजार नाघेको छ ।
त्यसैगरी अमेरिकामा ३८ हजार २९७ जना नयाँ संक्रमित थपिएका छन । जसअनुसार हालसम्म त्यहाँ कोरोना संक्रमितको कुल संख्या ३ करोड ३६ लाख २४ हजार ५ सय नाघेको छ ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा अमेरिकामा ७४४ जनाको मृत्यु भएको छ । त्यहाँ हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ९८ हजार ५ सय नाघेको वर्ल्डोमिटरले जनाएको छ ।