सुदूरपश्चिमको माओवादी सरकार ढाल्दै माधव-खनाल पक्ष

नेकपा एमाले एउटै पार्टीका रूपमा रहने भएपछि त्यसको प्रभाव सुदूर पश्चिमको प्रदेश सरकारमा पनि पर्ने भएको छ । यो प्रदेश सभा सदस्यहरूमा माधव नेपाल पक्ष बलियो भएको प्रदेश हो ।

एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाका अनुसार सुदूर पश्चिम प्रदेशमा आफ्नो सरकार बनाउन एमालेले तयारी गरेको छ । श्रोतका अनुसार मुख्यमन्त्रीमा भने माधव-खनाल पक्षले तयारी गरेको छ ।

सभामुख बाहेकका एमालेका २४ सांसद मध्ये ओली समूहका ६ जना मात्रै छन् । आफ्नो समूहका १८ जना सांसद भएकाले पार्टी नफुट्ने भएपछि यहाँ को नेपाल पक्ष उत्साहित बनेको हो ।

प्रदेश सभामा ५२ जना सदस्य रहेकोमा एमालेका मात्रै २५ जना सांसद छन् भने माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा)का २ जना सांसद छन् । जसपाका दुवै सांसद महन्त ठाकुर पक्षका हुन ।

यसरी जसपाको सहयोगमा सरकार बनाउन आवश्यक पर्ने २७ सांसद पुग्ने भएकोले माधव पक्ष पनि सरकार परिवर्तन गरेर नेतृत्व लिनु पर्ने निष्कर्षमा पुगेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button