प्रधानमन्त्री ओलीले पुरानै मन्त्रीलाई दाहोर्याए

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका छन्। यस्तै उनले पुरानै मन्त्रीलाई दोहोर्याएका छन्।
ओलीले यसअघि मन्त्री भएका सबैलाई दोहोर्याएका छन्। एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुले मन्त्री हुने इच्छा नदेखाएपछि पुरानै मन्त्री दोहोरिएका हुन्।
यस्तै, जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई ओलीले २ मन्त्री दिने वचन दिएका थिए। तर, महन्थ–राजेन्द्र पक्षबाट मन्त्री हुँदा पार्टीमा थप विग्रह आउने भन्दै मन्त्री हुन मानेनन्।
त्यसपछि ओलीले विश्वासको मत लिनुअघि कायम रहेका मन्त्रीहरूलाई दोहोर्याएका हुन्। उनीहरूले पनि शुक्रबार नै राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका छन्।