ओली र नेपालको ‘वान टू वान’ वार्ता, छलफल निष्कर्षबिहीन

काठमाडाैं । नेकपा (एमाले)काे प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीचकाे छलफल सकिएकाे छ ।

शुक्रवार करिब ३ घण्टा प्रधानमन्त्रीकाे कार्यकक्ष सिंहदरबारमा चलेकाे वार्तामा २०७५ जेठ २ भन्दा अघिको एमालेलाई आधार मानेर अरु छलफल अघि बढाउने लगायतका विषयमा छलफल भएकाे बताइएकाे छ । त्यसका लागि अध्यक्ष ओली र नेपाल बसेर कार्यदल टुंग्याउने छलफल भएको छ । दुबै पक्षबीच फेरि वार्ता हुने बैठक पश्चात सहभागी एक नेताले बताए ।

बैठक पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै एमाले नेता रघु पन्तले बैठक सकारात्मक र सौहार्दपूर्ण रुपमा भएको जानकारी दिए । छलफलमा भएका अन्य विषयहरू र निर्णयहरू भने सार्वजनिक भएकाे छैन ।

ओलीसँग वार्ता गर्नु अघि नेपालले आफू निकट स्थायी समिति र केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए । माधव पक्षले राखेका एजेण्डामा ओली पनि सकारात्मक रहेको बुझिएको छ ।

छलफलमा ओली पक्षबाट ओलीसहित नेता ईश्वर पोखरेल विष्णु पौडेल, सुवास नेम्वाङ र रामबहादुर थापा बादल थिए। त्यसैगरी माधव पक्षबाट माधव नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त सहभागी थिए।

शुक्रबार भएको ‘वान टू वान’ वार्तामा २०७५ जेठ २ कै वरिपरिको एमाले रहने गरी सहमति खोज्ने र त्यसका लागि कार्यदल बनाउने सहमति भएको थियो । त्यहि सहमतिलाई कार्यान्वयन तहमा पुर्‍याउन दोस्रो तहकासहित नेताहरू छलफलमा जुटेका हुन् ।

शुक्रवार हिजो बूढानीलकण्ठस्थित व्यापारी रामेश्वर थापाको घरमा नेताद्वयबीच झन्डै चार घन्टा वार्ता भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button