विश्वभर १६ करोड २५ लाखमा कोरोना संक्रमण, १४ करोड ३ लाख निकाे भए

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १२ हजार ४ सय ७७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १२ हजार ४७७ को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ६ लाख ८६ हजार ३९८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ ।

हालसम्म विश्वभर १६ करोड २५ लाख १६ हजार ९३५ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १४ करोड ३ लाख ७८ हजार ७३२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

शनिवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ७० हजार ७२८ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ४ हजार ६६९ जनाको ज्यान गएको छ । १ लाख ७ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ४ लाख ३९ हजार ६५८ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ३ लाख २७ हजार ६५३ जना संक्रमित निको भइसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button