कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक, कोरोना संक्रमणबाट श्रीमती निर्मलाको मृत्यु

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नी शोक परेको छ। काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत गच्छदार पत्नी निर्मलाको शनिवार विहान निधन भएको हो।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अस्पतालमा उपचाररत गच्छदार पत्नी निर्मलाको शनिवार विहान निधन भएको जानकारी दिए। कोरोना संक्रमणपछि ​उनलाई २ साता अघि अस्पताल भर्ना गरिएको थियो।

कांग्रेस केन्द्रिय सदस्य मीन विश्वकर्माका अनुसार मृगौला र कलेजोको समस्यापछि उनलाई छ महिना अघि भारतमा उपचार गरि ल्याइएको थियो। तर कोरोना संक्रमण बढेपछि फलोअपमा जान नपाएको उनले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button