चन्द्रागिरि नगरपालिका आजबाट सिल, हिँडडुल गर्न पूर्ण रुपमा रोक

काठमाडौं– काठमाडौंको चन्द्रागिरि नगरपालिका सिल गरिएको छ। कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि नगरपालिका क्षेत्र सिल गरिएको हो।

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी रहेपनि नगरक्षेत्रमा बैंक वित्तिय क्षेत्र,पसलहरु खुल्ने र मानिसहरुको आवतजावत नरोकिएपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो।

शुक्रबार एक सूचना जारी गर्दै नगरपालिकाले शनिबार विहान ६ बजेदेखि ७ गते विहान ५ बजेसम्मका लागि घर बाहिर हिँडडुल गर्न पूर्ण रुपमा रोक लगाएको छ।

औषधि पसल र स्वास्थ्य संस्थाका अत्यावश्वक सेवा बाहेकका अन्य सेवा र सम्पूर्ण खाद्यान्य पसल, किराना पसल, मासु पसल, फलफूल तथा तरकारी पसल, निर्माण व्यवसायी लगायतका पसलहरु, नगरपालिका वडा कार्यालय, नगरबाट सञ्चालित योजनाहरु, सरकारी, गैर सरकारी बैंक तथा वित्तीय संस्थाहरु, निजी सम्पूर्ण कार्यालयका सेवाहरु पूर्णरुपमा बन्द गरि चन्द्रागिरी नगरपालिकालाई सिल गर्ने नगरप्रमुख घनश्याम गिरीले जारी गरेको सूचनामा जनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button