बैतडीमा १५ दिन निषेधाज्ञा थपियो

बैतडीमा निषेधाज्ञा १५ दिन थपिने भएको छ । गएको वैशाख २० गतेदेखि जारी गरिएको निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । उनले भने ‘जेठ २ गतेपछि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ ।

जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रको सिफारिशमा निषेधाज्ञा थप गर्ने निर्णय भएको हो ।’ जिल्लामा कोरोना भाईरसको संक्रमण तीव्र गतिमा फैलिरहेकाले संक्रमण रोक्नका लागि थप १५ दिने निषेधाज्ञा जारी राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।

निषेधाज्ञाको समयमा सवारी साधन आवागमनमा पूर्ण रोक लगाइनेछ भने अनावश्यक कसैले पनि हिडडुँल गर्न पाइनेछ । खाद्यान्न तथा तरकारी पसल बिहान ७ देखि ९ बजे सम्म मात्रै खोल्न पाइनेछ । यसअघि बिहान १० बजेदेखि पसल खोल्ने पाइने निर्णयमा थप कडाई गरिएको हो ।

यस्तै कुनै निर्माणका कामहरु गर्नुपरेमा सम्बन्धित कार्यालय प्रमुख र योजना प्रमुखले सिफारिश गरेमा आवश्यकताका आधारमा ती कामहरु सञ्चालन गर्न दिने निर्णय भएको छ । सूचना अधिकारी भारतीले भने ‘कुनै विकास निर्माणका योजनाको काम अघि बढाउँदा संक्रमण नफैलिने सुनिश्चितता भएको अवस्थामा त्यस्ता आयोजनामा मात्रै काम गर्न दिन्छौं ।

अन्यथा सबै विकास निर्माणका काम समेत रोक्न भनेका छौं ।’ यसैगरी विवाह,ब्रतबन्ध जस्ता कार्यहरु थोरै मानिसको सहभागितामा जिल्ला प्रशासन कार्यालयको समन्वयमा गर्न पाइने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । कसैले निषेधाज्ञाको उल्लंघन गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले भने ‘यो नागरिकको जीउधनको सुरक्षाका लागि अपनाएको बाटो हो । यसमा कसैले बाधा पुर्याएमा कानुन अनुसार कारवाही हुन्छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button