नेपाली कांग्रेस डडेलधुरा सेवा दलद्वारा डडेल्धुरा अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण

डडेलधुरा। नेपाली कांग्रेस डडेलधुराले गठन गरेको सेवा दलले डडेलधुरा अस्पताललाई सिलिन्डरमा अक्सिजन भरेर हस्तान्तरण गरेको छ।

अस्पतालले उपलब्ध गराएको २० थान खालि सिलिन्डरमा नेपालगञ्जबाट अक्सिजन भरेर ल्याएको सेवा दलका सदस्य तथा कांग्रेस डडेलधुराका कार्यालय सचिव राम विष्टले बताए।

सेवा दलका सदस्य आफै गएर ल्याइएका सिलिन्डर अस्पताल विकास समितिका अध्यक्ष करुणकर ओझालाई बुझाएको उनले बताए। साथै उनले अब बाट उक्त कार्य नियमित गर्ने समेत बताएका छन्।

यसअघि सेवा दलले डडेलधुरा अस्पताल संक्रमितले भरिएपछि पार्टी कार्यालयमा आइसोलेसन बनाएको थियो। विशेषगरी गाउँघरमा तथा सदरमुकाम पुगेर बस्न समस्या भएकाहरुलाई निर्माण गरिएको १३ बेडको आइसोलेसनमा राखिने कांग्रेस डडेलधुराका पार्टी सभापति तथा सुदूरपश्चिम प्रदेशका सासंद कर्णबहादुर मल्लले बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button