उपेन्द्रले बैठक बोलाएपछि महन्थको आपत्ति (विज्ञप्तिसहित)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्र यतिबेला विवाद चर्किएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले आपत्ति जनाएका छन् ।

पार्टीले कुनै आधिकारिक बैठक नबोलाइएको भन्दै यसबारे आफ्नो ध्यानाकर्षण भएको ठाकुरले विज्ञप्तिमार्फत बताएका छन् ।

‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजै दिनको १ बजेबाट पार्टी कार्यालयमा जारी रहेको भनि विभिन्न सञ्चारमाध्यमबाट एवम् सामाजिक सञ्जालबाट सूचना एवम् समाचारहरु सम्प्रेषित भैरहेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, ठाकुरले विज्ञप्तिमा भनेका छन् ।

यस्तै उनले भने, ‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यसो जानकारी समेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ ।’

पार्टीभित्रको विवादका बीच यादवले आफू निकटका सांसद तथा कार्यकारिणी समिति सदस्यको बैठक बोलाएर छलफल गरका छन् । जसपा नेपालको कार्यकारिणी समितिमा उपेन्द्र यादवको बहुमत रहेको छ । सोही बहुमतको आधारमा लुम्बिनी प्रदेशको सरकारलाई सहयोग गरेका चारजना सांसदलाई कारवाही गरिएको थियो ।

यादव पक्षका नेताको दावी अनुसार संसदीय दलमा पनि उपेन्द्र यादवको बहुमत रहेको छ । सोही बहुमतका आधारमा काँग्रेस, माओवादी केन्द्रसँग गठबन्धन बनाएर सरकार बनाउने निर्णय यादव समूहले थियो । तर जसपा नेपालका अर्का अध्यक्ष महन्थ ठाकुरले १९ जना सांसदको हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका थिए । र सोही हस्ताक्षरको आधारमा राजेन्द्र महतो संसदीय दलका नेता बनेका हुन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button