बैतडीमा चरेशसहित २ जना पक्राउ

बैतडी प्रहरीले लागुऔषध चरेशसहित २ जनालाई पक्राउ गरको छ। जिल्लाको सुर्नया गाउँपालिका–६ बाट ७ सय ग्राम चरेशसहित सोही गाउँपालिकाको वडा नम्बर ५ का अन्दाजी ३० वर्षीय सुरेश विष्ट र अन्दाजी २५ वर्षीय प्रकाश विष्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
पक्राउ परेका दुवैजनालाई थप कारवाहीका लागि जिल्ला झिकाउन लागिएको सूचना अधिकारी प्रहरी निरीक्षक दर्शन खड्काले बताए।
उहाको अनुशार गाउँपालिकाको वडा नं ६ शंकरपुरबाट सु प प्र ४००१ प ००१५ नम्बरको मोटरसाइकलमा सुर्नया ५ तर्फ आउँदै गरेको बेला चरेश सहित उनिहरुलाई रौलेश्वर प्रहरीचौकीको इन्ट्रीपोष्टबाटै पक्राउ गरिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।
मोटरसाइकल सहित दुवै जना प्रहरीको नियन्त्रणमा छन् । घट्नाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।