जसपा यादव–भट्टराई पक्षको निष्कर्ष : राजेन्द्र महतो संसदीय दलको नेता होइन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता भन्दै प्रचार भएको खबरको २४ घन्टा नबित्दै खन्डन गरेको छ ।

पार्टी कार्यालय बबरमहलमा आज बसेको यादव(भट्टराई पक्षको बैठकले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको विषयमा औपचारिक जानकारी नभएको भन्दै सहमतिबिना संसदीय दलको नेता चयन गर्न नमिल्ने निष्कर्ष निकालेको छ ।

बैठकपछि जसपा संघीय परिषद् अध्यक्ष डा. भट्टराईले संसदीय दलको बिधानको प्रक्रिया पूरा नभएको र पारित पनि नभएको अवस्थामा दलको नेता चयन गर्न नमिल्ने बताए ।

नेता चयनका बारेमा दुवै पक्षले सहमति गर्नुपर्ने उनको भनाइ छ । यस बिषयमा छिटै कार्यकारिणी बैठक बसेर छलफल गरिने पनि भट्टराईले बताए ।

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर सांसदले महतोलाई संसदीय दलको नेता चयन गरेको हिजो जनाएको थियो । संसदीय दलको नेता चयनमा २० जना सांसदको सहमति रहेको ठाकुर–महतो पक्षको दाबी रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button