कोरोना संकटविरुद्ध बालुवाटारमा संयुक्त बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार सर्वपक्षीय छलफल आयोजना गरेका छन् । कोभिड-१९ महामारीका कारण उत्पन्न संकट समाधानका लागि प्रधानमन्त्री ओलीले गम्भीर पहल थालेका हुन् ।
सरकारको सम्पूर्ण ध्यान अब कोभिड संकट नियन्त्रण रोकथाममा केन्द्रित गर्ने भनेका प्रधानमन्त्रीले शनिवार सर्वपक्षीय छलफल आयोजना गरेका हुन् ।
सरकारका सबै मन्त्री, सम्बन्धित उच्च सरकारी अधिकारी र विज्ञसहितको बैठकमा अस्पताल सञ्चालकहरु, अक्सिजन उद्योगका सन्चालक तथा अन्य निजी क्षेत्रका प्रतिनिधिहरु सहभागी थिए ।
उक्त छलफलमा प्राप्त सुझावका आधारमा सरकारले अझ प्रभावकारी कार्ययोजना अघि बढाउने भएको छ ।