आज अहिले सम्मकै धेरै ५४८८ जना कोरोनामुक्त

काठमाडौं । नेपालमा पछिल्लो तथ्यांक अनुसार कोरोना संक्रमित हुनेको संख्या दर घटेको छ । स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार वितेको २४ घन्टामा ५ हजार ४५५ संक्रमणमुक्त भएका छन् ।
यो संख्या अहिले सम्मकै धेरै कोरोना मुक्त भएको हो । शनिबार ८ हजार १६७ जनामा कोरोना पुष्टि हुँदा ५ हजार ४५५ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
यो अवधिमा देशभर १७ हजार ९ सय ७१ आरटी पिसिआर र ५ सय ७७ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको छ । यीमध्ये १ लाख ७ हजार ३ सय ३६ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।
काठमाडौंमा २ हजार १ सय ४६, ललितपुरमा ४ सय ४४ र भक्तपुरमा ३ सय ४७ जना गरी उपत्यकामा २ हजार ९ सय ३७ जना संक्रमित थपिएका छन् ।
शनिबार देशभर ५ हजार ४ सय ५५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ५ हजार ४ सय ५५ जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख ३३ हजार १ सय ८ जना पुगेको छ । निको हुने दर ७४.४ प्रतिशत रहेको सरकारी तथ्यांकमा उल्लेख छ ।
पछिल्लो २४ घन्टाको अवधिमा १ सय ८७ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ । मृत्यु हुने दर १।०८ प्रतिशत रहेको छ ।