ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर ल्याइयो

काठमाडौं । ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले शनिबार ओमानबाट अक्सिजन सिलिन्डर ल्याएको हो ।

गैरआवासिय नेपाली संघ र मस्कटस्थित नेपाली दूतावासको सहयोगमा जुटाइएको ५ सय ६० थान अक्सिजन सिलिन्डर ल्याइएको हो । ६३ हजार सात सय डलरमा किनिएका ती सिलिन्डरको ढुवानी खर्च सरकारले व्योहोरेको छ ।

नेपाल ल्याएका अक्सिजन सिलिन्डर आइतबार हस्तान्तरण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button