सिन्धुपाल्चोकको लिदी गाउँमा भिषण पहिरो, २२ घर पुरिए

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर २ लिदी गाउँमा भीषण पहिरो गएको छ ।

गएराती परेको अविरल वर्षाका कारण आज विहान ६ बजे गएको पहिरोले लिदी गाउँका २२ घर पुरिएका छन भने २ घर पूर्ण जोखिममा परेका छन ।

पहिरोमा परि के कति क्षति पुग्यो भन्ने यकिन विवरण खुल्न सकेको छैन । उद्धारका लागि सेना, प्रहरी र सशस्त्र प्रहरी घटनास्थल तर्फ गैरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।

सदरमुकाम चौताराबाट कात्तिके भन्ने स्थानसम्म ३ घण्टा गाडीमा गएपछि त्यहाँबाट थप ३ घण्टाको हिंडाईपछि मात्रै घटनास्थल पुग्न सकिन्छ ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालसहितको टोली हेलिकप्टरबाट घटनास्थल जाँदै गरेको खबर छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button