नेप्सेमा उछाल : परिसूचक ५४.२६ अंकले बढ्दा कारोबार साढे १० अर्ब नजिक

काठमाडाैं- निषेधाज्ञाबीच आइतबार नेपालको पुँजीबजार कारोबारमा उछाल आएको छ। आज नेप्से परिसूचक र कारोबार रकम दुवैमा उछाल आएको हो।

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५४.२६ अंकले बढेर २७३८.३५ विन्दुमा पुगेको छ। यो निषेधाज्ञायताकै उच्च हो।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ८.६३ अंकले बढेर ४८८.१३ विन्दुमा कायम भएको छ।

आज कूल १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। २१४ वटा कम्पनीका दुई करोड १३ लाख २८ हजार ८८२ कित्ता सेयर एक लाख १३ हजार ६९ पटक खरिद-बिक्री भएका थिए।

आज रुरु जलविद्युत् कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ। युनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ५.०५ प्रतिशतका दरले गुमाएका छन्।

आज नेपाल पुनर्बिमा कम्पनीको सेयर सबैभन्दा धेरै ८४ करोड ९८ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सङ्ख्यात्मक आधारमा एनसीसी बैंकका आठ लाख ३७ हजार २२३ कित्ता सेयर किनबेच भएका थिए।

नेपाल पुनर्बिमा कम्पनीको सेयर सबैभन्दा बढी चार हजार ४९२ पटक खरिद-बिक्री भएको नेप्सेले जनाएको छ। आज सबै समूहका परिसूचकमा हरियाली छाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button