सर्वोच्चमा जसपा लुम्बिनी प्रदेशका चार प्रदेश सांसदको रिट दर्ता

काठमाडौं । सर्वोच्च अदालतमा लुम्बिनी प्रदेशका चार जना प्रदेशसभा सदस्यले दायर गरेको रिट दर्ता भएको छ ।

आफुलाई गरिएको कारवाहीको विरुद्ध प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले रिट लिएर सर्वोच्च अदालतमा पुगेका हुन् ।

सर्वोच्चको पूर्ण बैठकको निर्णय अनुसार वैशाख १९ मा सर्वोच्चले उनीहरुको रिट दर्ता नगरीकन फर्काइदिएको थियो । बन्दी प्रत्यक्षीकरण र कोरोना बाहेकका सेवा स्थगन गर्ने पुर्ण बैठकले निर्णय गरेको थियो ।

सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलका अनुसार अहिले कोभिड र बन्दी बाहेक केही महत्वपुर्ण रिटमा सुनुवाई गर्ने निर्णय भएको हुनाले जसपाका सांसदहरुको रिट दर्ता गरिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button