खाडी राष्ट्रबाट आयो ५ सय ६० अक्सिजन सिलिण्डर

विशु गुरुङ / ललितपुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सक्रियतामा ५ सय ६० वटा अक्सिजन सिलिण्डर शनिवार नेपाल आएको छ ।

खाडी मुलुक युएई, ओमान, कतार, साउदी अरब, कुबेत र बहराइनलगायत मुलुकहरूमा कार्यरत श्रमिकहरूसँग चन्दा संकलन गरी पाँच सय ६० वटा सिलिन्डर नेपाल पठाएका हुन् ।

आज (आइतवार) एउटा विशेष कार्यक्रमका बीच एनआरएनएले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई सो अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिनुभयो । उनले ती अक्सिजन सिलिन्डर सुदूरपश्चिम प्रदेशमा एक सय थान, कर्णालीमा एक सय थान, लुम्बिनीमा दुई सय थान, प्रदेश २ मा ८५ थान र बाकीं गण्डकी प्रदेशमा वितरण गर्न स्वास्थ्य मन्त्रीलाई अनुरोध गरे ।

ओमानदेखि काठमाडौंसम्मको अक्सिजन सिलिण्डर ढुवानी नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को जहाजले गरेकाे थियाे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button