कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन

काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। मुख्यमन्त्री शाहीको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।

पुनर्गठित मन्त्रिपरिषद्मा नन्दसिंह बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् भने अम्मरबहादुर थापाले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय संहालेका छन्।

त्यसैगरी, कुर्मराज शाही भूमिव्यवस्था, कृषि तथा सहकारी एवं सीताकुमारी नेपालीलाई आन्तरिक मामिला, कानून, युवा तथा खेलकु मन्त्री बनेका छन्। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी भने गोपाल शर्मालाई दिइएको छ।

प्रदेश सरकारका दुई मन्त्रालय भने मुख्यमन्त्री शहीले नै राखेका छन्। हाल जलस्रोत तथा उर्जा विकास एवं सामाजिक विकास मन्त्रालयको कार्यभार मुख्यमन्त्रीले संहालेका छन्।

यी दुई मन्त्रालय नेपाली कांग्रेसलाई दिने बताइएको छ। यसअघि मुख्यमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेस सरकारमा सहभागी हुने भएको हो। यद्यपि, कांगेसले मन्त्रीको नाम भने दिएको छैन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button