चितवन वाईपास सडकमा खानेपानीका पाईपहरु फुट्दा सडकमा खाडल बन्न थाल्यो

डिलकुमारी नेपाल, चितवन । चितवनकाे मुटु भरतपुर महानगरपालिका वरिपरिका सडकहरुमा पानीका पाईपहरु फुटि पिचबाटाेमा नै पानी जम्न थालेका छन्।

सडक बनेकै लगभग दुई महिना नै नपुग्दै भरतपुर महानगरपालिकाको मालपाेत चाेकदेखि जिल्ला प्रशासन कार्यालयसम्मका वरिपरि वाईपास सडकमा पानीका पाईपहरु फुटि पिचबाटाेमा नै पानी जम्न र सडकमा खाडल बन्न थाले पछि स्थानियहरु आक्रोशित भएका हुन् ।

खानेपानी संस्थानकाे लापरबाहीले गर्दा सडकमा खानेपानीका पाईपहरु फुटेकोले स्थानिय आफुहरु मात्र नभई अहिलेको काेभिडकाे संकटमा घरमै बस्दा कैयौं अरुले पनि दुषित खानेपानी पिउनुपर्ने बाध्यता भएको हुदाँ राेग नलाग्ला भन्न नसकिने स्थानियहरु बताउछन् ।

सडकमा खानेपानीका पाईपहरु फुटेको गुनासो गर्न स्थानियले पटक-पटक खानेपानी बोर्डमा सम्पर्क गर्दा संस्थानले बेवास्ता गरेको स्थानिय रवि श्रेष्ठले बताए ।

नेपाल खानेपानी संस्थान भरतपुर शाखाका सुचना अधिकृत संजय बरालले स्थानियको समस्या बुझेर तत्काल समाधान गर्ने र भरतपुर बाईपास सडकमा भएका खानेपानीका फुटेका पाईपहरुको तत्काल मर्मतसम्भार गराउने प्रतिबद्दता ब्यक्त गर्नु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button