‘नेकपालाई च्याम्यियन बनाउने आकांक्षा विभाजनकारीले पुरा हुन दिएन’

प्रधानमन्त्री केपी शर्मा ओलीले विभाजनकारी, अस्थिर र अवसरवादी सोचका व्यक्तिका कारण कम्युनिष्ट पार्टीलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको च्याम्पियन बनाउने प्रयास असफल भएको बताएका छन् ।

२८औं मदन–आश्रित स्मृति दिवसका अवसरमा एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘तीन वर्ष अगाडि आजैका दिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकीकरण गरेका थियौं । यो विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिक– आर्थिक रूपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रुपमा नेपाल कम्युनिष्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको ‘च्याम्पियन’ बनाउने हाम्रो इमान्दार प्रयास थियो।’

कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा निरन्तर लागिरहन संकल्प गरिरहेको उल्लेख गर्दै उनले नेताहरुको विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न नसकेको बताए ।

प्रधानमन्त्री ओलीले मदन–आश्रितको निधन नेपालको कम्युनिष्ट आन्दोलनका लागि एउटा अपूरणीय क्षति र गम्भीर धक्काको विषय रहेकोसमेत बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button