एमाले विवाद समाधान गर्न बनेको कार्यदलको पहिलो बैठक अनिश्चित

काठमाडौं । नेकपा (एमाले) पुनःमिलनका लागि आधार तय गर्न बनेको वार्ता टोलीको पहिलो बैठक आज बस्ने भनिएपनि माधव कुमार नेपाल समूहका संयोजक भीम रावलको आँखामा समस्या आएपछि अनिश्चित भएको छ ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आइतबार भएको सहमतिअनुसार दुवै पक्षबाट ५–५ जना सदस्य रहेको वार्ता टोली गठन भएको थियो । वार्ता टोलीलाई २ जेठ २०७५ को आधारमा रहेर सहमति खोज्ने जिम्मेवारी दिइएको छ ।

ओली पक्षका टोली नेता सुवास नेम्वाङ र नेपाल पक्षका नेता रावलबीच सहमति गरेर सदस्यहरुलाई खबर गर्ने भनिएकोमा रावलको आँखा पाकेको हुनाले अस्पताल जानुपरेका कारण समय अनिश्चित भएको हो ।

वार्ता टोलीका सदस्य सुरेन्द्र पाण्डेले अहिलेसम्म वार्ता कहाँ र कतिबेला हुने भन्नेबारे खबर नआएको बताए । वार्ता टोलीलाई चाँडो सहमति मस्यौदा बनाउन दवाव छ ।

वार्ता टोलीमा ओली पक्षबाट नेम्वाङसहित विष्णु पौडेल, प्रदीप ज्ञावली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेपाल पक्षबाट रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button