बाह्बिसे नगरलाई स्वास्थ्य सामाग्री सहयोग

रातोपाटी न्युज / बाह्बिसे । दोश्रो लहरको कोरोना भाइरस नयाँ भेरियन्ट संक्रमणबाट बच्न कुवेर पोलिक्लिनिक प्रालि बाह्बिसे नगरपालिका-९ राम्चेले बाह्बिसे नगरपालिकालाई भाइरस प्रतिरोधी स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
सो पोलिक्लिनिकका प्रोप्राइटर जितु प्रधानले बाह्बिसे नगरलाई नेबुलाईजर, डिसईन्फेक्सन्, अक्सिमीटर, सर्जिकल मास्क, थर्मलगन, स्यानिटाइजर, केनाइ नाइटी फाइभ माक्स, पिपिई सेट, अक्सिजन माक्स सहयोग गरेको जानकारी दिनु भयो ।
सोमबार सहयोगी प्रधानले बाह्बिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पालाई हस्तान्तरण गरिएको छ । उक्त सहयोग बाह्बिसे नगरले संचालनमा ल्याएको आईसोलेसनका लागि गरिएको हो ।
आईसोलेसनमा जीवनमरणका अबस्थामा रहेका संक्रमितले सुबिधा पाउन भन्ने उद्धेश्यले स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । संक्रमण हुन नदिन सो पोलिक्लिनिकले अन्य स्थानमा पनि स्वास्थ्य सामाग्री सहयोग गर्ने जनाएको छ ।
स्मरण रहोस् पहिलो लहरको कोरोना भाइरस कोभिड १९ मा पनि उक्त पोलिक्लिनिकले लाखौं बराबरका स्वास्थ सामाग्री गाँउ-गाँउका नागरिकलाई सहयोग गरेको थियो । साथै सो पोलिक्लिनिकले गाँउ-गाँउ पुगेर उपचार सेवा पनि दिएको थियो ।