बिरामीका आफन्तलाई अक्सिजन खोज्न नलगाउनू : स्वास्थ्य मन्त्रालय

काठमाडौं । सरकारले केहि अस्पतालहरुले बिरामीलाई अक्सिजन घरबाटै लिएर आउँनु भनेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले विज्ञप्ति मार्फत मन्त्रालयको ध्यानाकर्षण भएको जनाएका छन्।

विज्ञप्ति जारी गर्दै मन्त्रालयले अक्सिजन जस्तो औषधिय विषय विरामी वा आफन्तलाई नै लिएर आउनु भन्नै नहुनेमा कहिँ कतै कसैले यस्तो गरेको छ भने नगर्न भनेको छ।

मन्त्रालयले अस्पतालमा पुगेका अक्सिजन सिलिन्डरहरु अस्पतालको अक्सिजन आपूर्ति प्रणालीमा स्वत: जाने र सम्वन्धित व्यक्तिलाई उपलब्ध नगराउने व्यवस्था गर्न पनि अस्पतालहरुलाई भनेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button