एमाले कार्यदलको बैठक सिंहदरबारमा बस्दै

काठमाडौं । एमाले विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठक आज बस्दैछ । दिउँसो ३ बजे सिंहदरबारमा बैठक बस्ने कार्यदलका सदस्य सुवास नेम्वाङले बताए ।

गएको ३१ वैशाखमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल समूहबीच एमालेलाई एकतावद्ध बनाएर लैजाने सहमति भएको थियो । त्यसका लागि एमालेलाई २ जेठ २०७५ को संरचना, विधान र नेतृत्वअनुसार जाने सहमति जुटेको हो ।

तर, दुवै तर्फको समानान्तर कमिटी निर्माण भएको र नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका नेताहरुको समेत व्यवस्थापन गर्नुपर्ने भएकाले सहमतिको मापदण्ड तय गर्न कार्यदल गठन भएको छ ।

१० सदस्यीय कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन् । यस्तै, नेपाल तर्फबाट भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button