तातोपानीबाट भित्रिए थप ६८० अक्सिजन सिलिन्डर, आजै काठमाडौं पुग्ने

तातोपानी भन्सारबाट थप ६८० अक्सिजन सिलिन्डर भित्रिएका छन् । भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार मंगलबार ६ सय थान सिलिन्डरसहितका स्वास्थ्य सामग्री पास भएको हो ।

४० लिटर क्षमताका ती सिलिन्डर आजै साँझ काठमाडौं आइपुग्नेछन्। यसअघि सोमबार १० लिटर क्षमताका २५ सय सिलिन्डर काठमाडौं ल्याइएको थियो। यी सिलिन्डर चीनबाट नेपाली व्यापारीले ल्याएका हुन्।

दोस्रो चरणको कोरोना उच्च जोखिममा देखिएपछि व्यवसायीले मास्क, स्यानिटाइजर, ग्लोब्स, पीपीईलगायतका स्वास्थ्य सामग्री ल्याएका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button