लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी मनोनयन आज हुँदै

लुम्बिनी प्रदेश अन्तर्गत हुने राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी मनोनयन आज हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार आज मनोनयन हुने निर्वाचन आयोगले जनाएको छ ।

उक्त निर्वाचनका लागि नेकपा एमालेले चन्द्रबहादुर खड्कालाई नै उमेदवारको रुपमा अघि सारेको छ । उनी एमाले प्रवेश गरेका कारण माओवादीले कारबाही गर्दा उक्त स्थान रिक्त भएको थियो । एमालेले उनलाई नै उमेदवार बनाउने निर्णय गरेको हो ।

त्यस्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले भने दृगनारायण पाण्डेलाई उमेदवार बनाउने भएको छ । उनी वैशाख १९ गते एमाले प्रदेश सभा सदस्यबाट राजीनामा दिएर क्रांग्रेस प्रवेश गरेका थिए ।

लुम्बिनीमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २९६ मतदाता छन् । जसमा प्रदेश सभा सदस्य ७९ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २१७ मतदाता छन् । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रतिनिधिको मतभार १८ हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button