सरकारले प्रतिबन्ध लगाएको गोरखनाथ धानको विउ प्रशासनद्वारा बरामद

रिता नेपाल , चितवन । नेपाल सरकारले नक्कली काम गरेको भन्दै आयात सूचीकरणबाट हटाएको गोरखनाथ ५०९ जातको धानको बिउ आज बिहान प्रशासनले नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, चितवन र पत्रकारसहितको टोलीले आज (मंगलबार) भरतपुर ३ नारायणघाटस्थित कमलनगरमा रहेको स्वस्तिक ट्रान्सपोर्ट कम्पनीबाट ६० बोरा बीउ बरामद गरेको छ ।

नेपाल सरकारले सूचीकरणबाट हटाएको गोरखनाथ ५०९ जातको धानको बीउ बजारमा अवैध बिक्री वितरण भईरहेको गोप्य सूचनाको आधारमा अनुगमन गर्दा उक्त परिमाणमा धानको बीउ बरामद गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले बताउनुभयो ।

कृषि केन्द्रका प्रमुख ढकालका अनुसार कोशी अर्गानिक मल विराटनगरबाट जिल्लाका बिभिन्न एग्रोभेटको लागि आएको उक्त बिऊ स्वस्तिक ट्रान्सपोर्ट कमलनगरको गोदामबाट बरामद गरिएको थियो ।

जिल्लाका एग्रोभेटहरुमा सयौं बोरा अवैध गोरखनाथ ५०९ धानको बीउ छ्याप छ्याप्ती बिक्री वितरण गरेको सूचना एक हप्ता अघि नै प्राप्त गरेको प्रशासन र कृषि केन्द्रले कोरानाको कारण देखाई अनुगमनमा ढिलाई गर्दा कम परिमाण अवैध बिऊ वरामद भएको एक सुचकले बताए । स्रोतका अनुसार अर्गानिक मल धरान रोड विराटनगरबाट बील बीजक जारी भई अवैध धानको बीउ चितवन पठाइएको हो ।

कोशी अर्गानिक मलद्धारा जारी गरिएको बीउबीजकमा एभरेष्ट एग्रो इन्टरनेशल विशालमार्ग नारायणगढको नाममा २० बोरा, साझा एग्रोभेट सेवा रत्ननगर १ सौराहा चोकको नाममा २० बोरा, प्रशान्त एग्रोभेट खुरखुरेको नाममा १० बोरा, विनीता एग्रो सेन्टर अमृतचोकको नाममा १० बोरा गोरखनाथ ५०९ जातको धानको बीउको बीलबीजक जारी पठाईएको कृषि केन्द्र निकट श्रोतले बताएको छ ।

जिल्लामा निषेधाज्ञाको मौका छोपी अवैध बीउबीजन बिक्री वितरण भइरहेको सूचनाको आधारमा आजै जिल्ला प्रशासन कार्यालय चितवन, कृषि ज्ञान केन्द्र भरतपुर र पत्रकारसहितको टोलीले नारायणगढ, पूर्वी चितवनको पदमपुर, खोले सिमल र टांँडी बजारका एक दर्जन एग्रोभेट पसलहरुमा अनुगमन गरेका छन् ।

अनुगमनको क्रममा समेत साझा एग्रोटेक र चितवन एग्रोटेक रत्ननगरले अवैध बिऊ बिक्री वितरण गरेको पाइएको अनुगमनमा संलग्न एक सदस्यले हामीलाई बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button