राष्ट्रियसभा उपनिर्वाचनः लुम्बिनीमा २ जनाको उम्मेदवारी

राष्ट्रियसभा तर्फ रिक्त रहेको लुम्बिनी प्रदेशसभाको उप निर्वाचनका लागि दुई जनाको उम्मेदवारी परेको छ । उपनिर्वाचनका लागि दीर्घनारायण पाण्डेय र चन्द्रबहादुर खड्काको उम्मेदवारी परेको हो।
नेकपा एमालेको तर्फबाट खड्का र कांग्रेस, माओवादी केन्द्र, जसपा र राजमोको तर्फबाट पाण्डेयले उम्मेदवारी दिएका हुन्।
पाण्डेय र खड्का दुवै यस अघि लुम्बिनी प्रदेशसभा सदस्य थिए। पाण्डेयले सांसदबाट राजिनामा दिएर कांग्रेस प्रवेश गरेका हुन भने खड्कालाई भने एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गरेको थियो ।