जसपा दलको नेतामा महतो निर्वाचित भएको जानकारी सचिवालयलाई गराईयो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीचको सहमति भाँडिएको छ ।

राजेन्द्र महतोको संसदीय दलको नेताको पद खारेज गर्ने दुई नेताबीच सहमति भएको थियो । तर महतोको संसदीय दलको नेता पद खारेज गर्ने सहमति भएपनि ठाकुरले संघीय संसद सचिवालयलाई पत्राचार गरेपछि सहमति भाँडिएको हो ।

उनले संघीय संसद सचिवालयलाई पार्टी संसदीय दलको नेतामा महतो चयन भएको जानकारी गराएका हुन् ।

यसअघि यादवले आफू र अध्यक्ष ठाकुरबीच भएको सहमति अनुसार महतोलाई दिइएको संसदीय दलको नेताको पद खारेज भएको जनाएका थिए । तर अध्यक्ष ठाकुरले संसदीय दलको नेतामा महतोलाई निर्वाचित गरेको जानकारी आजै सचिवालयलाई जानकारी गराएका हुन् ।

उनले वैशाख ३० गते बसेको जसपाको संसदीय दलको बैठकले संघीय संसदीय दलको विधान २०७७ अनुसार नेतामा महतोलाई निर्वाचित गरेको उल्लेख गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button