भाँडियो महन्थ र उपेन्द्रको सहमति, सचिवालयमा पुग्यो काउन्टर पत्र

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच भएको सहमति भाँडिएको छ । एकताका लागि भन्दै संयुक्त वक्तव्य जारी भएपनि त्यसको केही समयमा नै सहमति भाँडिएको हो ।
महन्थ ठाकुरले संसदीय दलको नेता राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा पठाए लगत्तै उपेन्द्रले काउन्टरपत्र पठाएका छन् । उनले हालसम्म जसपा दलको नेता कोही पनि चयन नभएको बताएका छन् ।
कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनुपर्नेमा हालसम्म नभएको समेत यादवले सचिवालयलाई जानकारी गराएका छन् ।