ओली प्रचण्डबीच छलफल सुरु, होला त सहमति ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ ।

दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको हो ।

शुक्रबार बिहान सवा ११ बजेदेखि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको हो।

अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा ‘जुगल’ले दुई अध्यक्षबीच वार्ता सुरु भएको जानकारी दिए।

९ दिनको संवादहिनता तोड्दै दुई अध्यक्षबीच बिहीबार भएको वार्ता सकारात्मक दिशामा उन्मुख भएको बताइएको थियो।

अध्यक्ष प्रचण्डले बिहीबार नै ओलीसँगको छलफलपछि थापागाउँमा आफूनिकट प्रदेश ५ का केन्द्रीय सदस्यहरुसँग कुराकानी गर्दै पार्टीभित्र देखिएको विवाद समधानका लागि प्रधानमन्त्री ओलीले तीन बुँदे प्रस्ताव ल्याएको जानकारी दिएका थिए।

प्रचण्डका अनुसार पार्टी र सरकार सञ्चालनको विषयमा भएको कमीकमजोरीको आत्माआलोचना गर्ने, पाँचै वर्ष ओली प्रधानमन्त्री र कार्यकारी अध्यक्षलाई थप अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारीको प्रस्ताव आएको प्रचण्डले बताएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button