एमाले कार्यदलको पहिलो बैठक सम्पन्न, यस्ता छन् निर्णय

काठमाडौं । नेकपा (एमाले) कार्यदलको पहिलो बैठक सकिएको छ । सिंहदरबारमा बसेको बैठकले पार्टीमा एकअर्काप्रति अन्तरविरोध पैदा हुने काम नर्गन आह्वान गरेको नेता भीम रावलले जानकारी दिए ।

बैठकले आफ्नो कार्यक्षेत्र र कार्यविधि आचारसंहिता तुरुन्त लागु गर्ने तय भएको नेता रावलले बताए ।

०७७ फागु २३ गते पुर्नगठन भएपछि देखिएका समस्या सन्दर्भमा छलफल गरी समाधान गर्न गठन भएको कार्यदलले पार्टीमा देखिएको समस्या समाधानकालागि सबैसँग सहयोग र सद्भावका लागि आग्रह गरेको नेता भीम रावलले बताए ।

बैठकमा कार्यदलका दुई सदस्य विष्णु पौडेल र शंकर पोखरेल भने अनुपस्थित थिए । उनीहरु काम विशेषले अनुपस्थित रहेको नेता रावलले बताए ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको थियो। कार्यदलमा दुवै पक्षका पाँचरपाँच जना नेता रहेका छन्। ओली पक्षबाट कार्यदलको नेतृत्व सुवास नेम्वाङ र नेपाल पक्षको नेतृत्व भीम रावलले गरेका छन्।

कार्यदलमा ओली पक्षबाट नेम्वाङसहित विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन्। यस्तै, नेपाल पक्षबाट रावलसँगै सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त रहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button