रातो मच्छिन्द्रनाथलाई भोलि बुंगमती लगिने

रातो मच्छिन्द्रनाथको रथलाई भोलि सांकेतिक रुपमा तानेर लतितपुरको बुंगमती लगिने भएको छ।

अहिले रथ ललितपुरको सोह्खुट्टे पाटीमा राखिएको छ। गत जेठ १ गते रथ तानेर सोह्खुट्टे पाटी ल्याईएको थियो।वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई हरेक वर्ष रथारोहण गरिएको चौथो दिनमा रथ तान्ने चलन छ ।

कोरोना संक्रमणको जोखिम बढे पछि मच्छिन्द्रनाथको रथलाई सांकेतिक रुपमा तानेर बुंगमति लगिने भएको हो। रथयात्रामा सरिक हुन पाउने मानिसहरुको संख्या पनि तोकिए अनुसार सिमित व्यक्ति मात्र सरिक हुन पाउने छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button