२४ घण्टामा ६८९१ जनाले जिते कोरोना

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ ।

थप १९६ जनाको मृत्यु, ८,२०३ संक्रमित

वितेको २४ घन्टामा कोरोना संक्रमणबाट १९६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यस्तै देशभर थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट २०२८६ र एन्टिजेन विधिबाट ६९३ जनाको स्वाब परीक्षण भएकोमा कुल ८२०३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । हाल कोरोना निको हुनेदर ७४.६ प्रतिशत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यसअघि सोमबार देशभर ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो भने २१४ जनाको मृत्यु भएको थियो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ रहेको छ । उनीहरुमध्ये १ लाख ७ हजार ८२ जना होम आइसोलेसनमा रहेका छन् भने ७ हजार ४४७ जना संस्थागत आइसोलेसनमा छन् । यस्तै १ हजार ५९० जनाको आईसीयू र ३९० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकामा २ हजार ६३५ जना संक्रमित

गत २४ घण्टामा थपिएका संक्रमितमध्ये २ हजार ६३५ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २ हजार ४९, ललितपुरका ३६५ र भक्तपुरका २२१ जना छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button