काठमाडौं उपत्यकामा एकैदिन थपिए २,६२३ संक्रमित, ६३ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्रै ६३ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये काठमाडौंमा ३९, ललितपुरमा ५ र भक्तपुरमा १९ जनाको ज्यान गएको छ ।
देशभरबाट २४ घन्टाको अवघिमा ८ हजार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ भने ६ हजार ८ सय ९१ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।