संघिय सांसद भण्डारीको पहलमा बैतडीमा अक्सिजन प्लान्ट स्थापनाका लागि डेढ करोड बजेट बिनियोजन

बल्देब सिह नायक, बैतडी । जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापनाका लागि संघिय सरकारले १ करोड ५० लाख बजेट बिनियोजन गरेको छ ।
बैतडीबाट निर्बाचित प्रतिनिधि सभा सदस्य तथा पुर्ब अर्थराज्यमन्त्री दामोदर भण्डारीको पहलमा अर्थ मन्त्रालयबाट बजेट बिनियोजन भएको हो ।
जिल्लामा कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको अभाव हुन् नदिन अक्सिजन प्लान्ट स्थापनाले बैतडीका जनतालाई धेरै नै राहत मिल्ने सांसद भण्डारीको बताउनु भयो । उहाँले कोरोना महामारीविरुद्धको लडाईँमा महामारीको रोकथाम तथा नियन्त्रण गर्न आफ्नो सम्पूर्ण शक्ति सामर्थ्य परिचालित गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ ।
प्रतिनिधि सभा सदस्य भण्डारीले चाडै नै बैतडी अस्पतालमा अक्सिजन प्लान्ट जडान प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । उनले अक्सिजन प्लान्ट जडानकालागि बजेट विनियोजित गर्ने अर्थमन्त्रालय र बजेट विनियोजित गर्न सिफारिस गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई धन्यवाद समेत व्यक्त गरेका छन ।
नयाँ भेरियन्ट सहितका कोरोना संक्रमतिहरु थपिदै गएपछि अहिले जिल्ला अस्पताल बैतडीमा कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको चरम अभाव रहेको छ ।
यसअघि सुदूरपश्चिम प्रदेश सरकारले पनि अक्सिजन प्लान्ट स्थापनाका लागी जिल्ला अस्पताल बैतडीलाई ८० लाख उपलब्ध गराएको थियो ।