नेकपा विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन

काठमाडौं । सत्तारुढ दल नेकपामा जारी विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कार्यदल बनाउने सहमति भएको हो ।
शुक्रबार दुई अध्यक्षबीच बालुवाटारमा छलफल भएको थियो ।

कार्यदलमा महासचिव विष्णु पौडेलसहित जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेका छन् ।

केही समययता नेकपामा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र प्रचण्ड नेता माधव कुमार नेपालसमूहबीच विवाद उग्र बनेको छ ।
प्रचण्ड नेपाल समूहले ओलीलाई एक पद छोड्न भन्दै आएको छ तर ओलीले भने कुनै हालतमा पनि पद नछोड्न अडान लिँदै आइका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button