आज १७ वटा अन्तर्राष्ट्रिय उडान तथा अवतरण हुने

काठमाडौं– कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले हवाई उडान बन्द गरेको छ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सबै बन्छ। तर, भारतको दिल्लीमा सातामा २ उडान र चार्टर तथा उद्धार/ उडान भने बन्द भएको छैन।

नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आज (जेठ ५ गते बुधबार) १७ वटा उडान तथा अवतरण हुने भएको छ।

जसमा ४ वटा उडान तथा अवतरण हिमालय एयरलाइन्स र ९ वटा उडान तथा अवतरण नेपाल एयरलाइन्सले गर्ने छ। यसैगरी, सिचुवान र एयर चार्टर सर्भिसको एक/एक उडान अवतरण हुने विमानस्थल कार्यालयले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button