प्रधानमन्त्री ओलीबाट निर्वाचन आचारसंहिता उल्लंघन, आयोगद्वारा ध्यानाकर्षण

काठमाडौं । निवार्चन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीले मौन अवधिको उल्लघंन गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।राष्ट्रियसभा सदस्यको खाली सदस्यका लागि बिहिबार निवार्चन हुँदै छ।

आज प्रधानमन्त्री केपी ओलीले बागमती प्रदेशमा हुन लागेको राष्ट्रियसभाको उपनिर्वाचनमा उम्मेदवार समेत रहेका गृहमन्त्री रामबहादुर थापाको पक्षमा विज्ञप्ति सार्वजनिक गर्दै मत मागेपछि आयोगले ध्यानाकर्षण भएको जनाएको छ।

‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचारसंहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरुले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरु प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरुको अन्तर्वार्ता लिने जस्ता गतिविधिहरु गरेको देखिएकोले यसतर्फ आयोगको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ’, आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको सिलसिलामा राजनीतिक दल, सार्वजनिक निकाय तथा सञ्चार माध्यमलगायतले पालना गर्नुपर्ने आचारसंहिता समेत लागू भइसकेको सन्दर्भमा आचारसंहिता विपरितका यस्ता क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयताप्रति नै आघात पार्ने कुरा स्पष्ट नै छ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button