कोरोनाबाट थप २४६ जनाको मृत्यु

काठमाडौं- नेपालमा थप २४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर गरेर २४६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ६५७ पुगेको छ। यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार १ सय ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा थप ८ हजार १ सय ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए।
प्रवक्ता गौतमका अनुसार साेही अवधिमा ७ हजार ९ सय ८९ जना संक्रमणमुक्त भएका छन्।