एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि महासचिव ईश्वर पोखरेलले बिहीबार स्थायी कमिटी बैठक बोलाएका छन् ।
आज दिउँसो २ बजे स्थायी कमिटी बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माधव कुमार नेपाल पक्षसँग वार्ता गर्न गठित टोलीले रिपोर्टिङ गर्नेछ ।
त्यस्तै, राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा स्थायी कमिटी सदस्य राम बहादुर थापा‘बादल’लाई नेपाल पक्षले गरेको असहयोगको बारेमासमेत समीक्षा हुने बताइएको छ । बैठकका अन्य एजेन्डाबारे केही बताइएको छैन ।