७ मन्त्रीलाई पदमुक्त गर्न दिएको आदेश एमालेले कार्यान्वयन गर्ने

काठमाडौं । सत्ताधारी दल नेकपा (एमाले)ले सर्वोच्च अदालतको पछिल्लो आदेश कार्यान्वयन गर्ने जनाएको छ।
माओवादी छाडेर हाल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका ७ गैरसांसद पूर्वमाओवादी मन्त्रीलाई काम गर्न नदिन आदेश दिएपछि एमालेले अदालतको फैसलाको सम्मान गर्ने प्रतिक्रिया दिएको छ।
नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले भनेका छन्, ‘हामीले पूर्णपाठ हेर्न पाएका छैनौं । अदालतको निर्णयप्रति हाम्रो कतिपय तर्क र फरक राय हुनसक्छन्। तर, अदालतको फैसलाको कार्यन्वयन गर्नु हाम्रो कर्तव्य हो।’