कांग्रेस पदाधिकारीकाे आकस्मिक बैठक बस्दै

काठमाडौं । सभापति शेरबहादुर देउवा निवासमा नेपाली कांग्रेसको आकस्मिक बैठक बस्दैछ । देउवा निवास बुढानिलकण्ठमा आयोजित आकस्मिक बैठकमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई बोलाइएको छ ।
बैठक विहान ९ बजेलाई डाकिएको छ । राष्ट्रपति कार्यालयबाट बिहिबार नेपालको संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका लागि विज्ञप्ती प्रकाशति भएसँगै नेपाली राजनीतिमा फेरि नयाँ तरंग पैदा भएको छ ।
सरकार गठन प्रयोजनका लागि प्रकाशित उक्त विज्ञप्तीलाई नेपाली कांग्रेसले संविधान विपरित र अलोकतान्त्रिक भनिसकेको छ ।
राष्ट्रपतिको पछिल्लो कदम र विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे आवश्यक छलफल गरी निर्णय लिन बैठक बोलाइएको बताइएको छ । बैठकमा संसदीय दलका सचेतकहरु पनि उपस्थित हुने भनिएको छ।